५ कार्तिक २०८३, बिहिबार

निर्वाचन आयोगले हर्क साम्पाङसहित तीनजनालाई सोध्यो स्पष्टीकरण

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित तीन जनालाई स्पष्टीकरण सोधेको छ ।

आयोगले साम्पाङसहित नेपाली कम्युनिष्ट पार्टीका जाजरकोटका उम्मेदवार शक्ति बस्नेत र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि स्पष्टीकरण सोधेको हो ।

आयोगले नेपाली कम्युनिष्ट पार्टीका जाजरकोटका उम्मेदवार बस्नेतलाई पैसा बाँडेको भिडिओबारे स्पष्टीकरण सोधेको छ । यसैगरी साम्पाङलाई निर्वाचनमा बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको हो ।

त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई झापा–५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ता गर्दा उनी सरकारी गाडी चढेर सहभागी भएको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो।