२३ जेष्ठ २०८३, शनिबार

नवलपरासीमा स्कुल बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा स्कुल बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ ।

नेपाल नमुना मावि केउरेनीको लु १ क ३८१४ नं को बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

विद्यालय हाताभित्र बस घुमाउने क्रममा बारा जिल्ला कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली–१४ छत्तिसघरे बस्ने बिबु पासवानकी चार वर्षीया छोरी सुष्माकुमारी पासवान गम्भीर घाइते भएकी थिइन् ।

घाइते बालिकालाई उपचारको लागि देवचुली नगर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।