२८ जेष्ठ २०८३, बिहिबार

काठमाडौं महानगरमा पैदल यात्री बस्ने कुर्सी हटाइएको छैन

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी हटाउने कुनै योजना नभएको स्पष्ट पारेको छ ।

साथै, महानगरले कुर्सी व्यवस्थापनको काम थालिएको पनि जनाएको छ । यस क्रममा पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक ठाउँमा एकै प्रकारका कुर्सी राखेर एकरुपता कायम गराउने, आकर्षक र प्रयोगमैत्री बनाइने महानगरले जनाएको छ ।

सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले भने, ‘उमेर समूह, शारीरिक अवस्था जस्ता पैदल यात्रुको आवश्यकतालाई सहजता बढाउने काम थालेका छौँ । यसअघि राखिएका ठाउँबाट कुर्सी हटाउने कुनै योजना छैन । एकरुपता कायम गराउन साटफेर हुन सक्छ ।’

यसअन्तर्गत सिंहदरबार भद्रकाली सडक खण्डमा राखिएका फलाम र काठ मिश्रित कुर्सीहरू मर्मत थालिएको उनले बताएका छन् ।