२० असार २०८३, शनिबार

रुकुम पूर्व र पश्चिममा एमालेले प्रलोपालाई सघाउने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्व र पश्चिममा नेकपा एमालेले प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई सघाउने भएको छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष दुर्गा सोवबीच आज सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

रुकुम पश्चिममा प्रलोपाको तर्फबाट जनार्दन शर्मा उम्मेदवार छन् भने पूर्वमा संदिप पुन उम्मेदवार छन् । प्रलोपाको चुनाव चिन्ह आँखा हो ।

एमालेले आँखामै मतदान गर्ने सहमति भएको जारी विज्ञप्तिमा उल्लेख छ ।