काठमाडौं । नक्कली हतियारसहित कोटेश्वरबाट दुई जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले झापाका २८ वर्षीय किरण घिमिरे र अछामका कुमार लोहारलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट उनीहरूबाट ३०३ राइफल जस्तो देखिने एउटा डमी, कटुवा पेस्तोल जस्तो देखिने दुई वटा डमी हतियार, खुकुरी जस्तो फलामले बनेको वटा हतियार र एउटा मोटरसाइकल बरामद गरेको छ।
प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।









प्रतिक्रिया