११ असार २०८३, बिहिबार

राष्ट्रियसभामा संयुक्त उम्मेदवार विजयी बनाउन एमाले संसदीय दलको अपिल

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका संयुक्त उम्मेदवारलाई विजयी बनाउन अपिल गरेको छ ।

आज कर्णाली प्रदेशसभा भवनमा बसेको नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले ११ माघ हुने राष्ट्रियसभा निर्वाचनमा महिलातर्फ मीनासिंह रखाल र अन्यतर्फ ललितजंग शाहीलाई मतदान गरी विजयी बनाउन सबै अपिल गर्ने निर्णय गरेको हो ।

दलका नेता एवं कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा सम्पन्न बैठकले नेकपा (एमाले)को एघारौँ महाधिवेशनबाट मुख्यमन्त्री कँडेल केन्द्रीय सचिव पदमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

त्यसैगरी, बैठकले १८ माघदेखि सुरु हुने कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनमा संसदीय दलका सबै सदस्यहरू सक्रिय रूपमा सहभागी भई प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको छ ।