२९ जेष्ठ २०८३, शुक्रबार

देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ : प्रचण्ड

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश अझै पनि संकटमा रहेको बताएका छन् ।

ओखलढुंगामा कार्यक्रममा बोल्दै उनले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन र द¥हो एकता जनतामा पैदा गर्न सकिएन भने फेरि पनि दुर्घटना हुनसक्ने भन्दै दुर्घटना पुरै टरीसक्यो भन्ने अवस्था नरहेको बताए ।

उनले भने, ‘देश अझै पनि संकटमा छ । दुर्घटना अब पूरै टरीसक्यो भन्ने पनि छैन् । बलियो राष्ट्रिय शक्ति निर्माण गर्न सकिएन भने दर्हो एकता जनतामा पैदा गर्न सकिएन भने फेरि पनि दुर्घटना हुनसक्छ । यसलाई रोक्ने जिम्मा कसले लिने, देशलाई फेरि अनिष्टतर्फ जान रोक्ने जिम्मा कसले लिने भन्दा त्यो जिम्मेवारी लिन अगाडि बढ्नुपर्छ भनेर एकताको अभियान सुरु गर्यौं ।’

सोही क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले पनि जेनजी पुस्ताले खोजे अनुसार राजनीतिमा भएको विकृतीहरुलाई अन्त्य गर्ने र समाजमा भएका विसंगतिहरुलाई अन्मूलन गर्ने काम गरेर देखाउने बताए ।

उनले भने, ‘जनचाहना र अहिलेको जेनजी पुस्ताले खोजे अनुसार राजनीतिमा भएको विकृतीहरुलाई अन्त्य गर्ने, समाजमा भएका विसंगतिहरुलाई अन्मूलन गर्ने, र जनभावना अनुसार काम गरेर देखाउने छौ ।’