३ श्रावण २०८३, आइतबार

आशिकाको उम्मेदवारी फिर्ताको इमेल फेक, उम्मेदवारी कायमै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ । धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी आशिका तामाङले उम्मेदवारी फिर्ताको माग गर्दै पठाएको इमेल फेक रहेको पाइएको छ ।

आशिकाले आज निर्वाचन अधिकृतको कार्यालय धादिङमा पुगेर उक्त इमेल फेक रहेको र उम्मेदवारी फिर्ता नलिने बताएकी हुन् ।

उम्मेदवारी फिर्ताका लागि आज बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको थियो ।

‘म सशरीर उपस्थित भएको छु। मैले इमेल गरेको होइन, मेरो उम्मेदवारी कायमै गरी पाऊँ भनेर भन्नुभएको छ। उहाँको उम्मेदवारी कायम नै रहन्छ,’ निर्वाचन अधिकृत एकराज अधिकारीले भने।