२८ जेष्ठ २०८३, बिहिबार

कालीकोटमा बुढाको उमेदवारी फिर्ता, शाहीलाई समर्थन

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटमा उमेदवारसम्बन्धी विवाद टुंगिएको छ । नेकपाका नेता महेन्द्रबहादुर शाहीविरुद्ध ‘बागी’ उमेदवारी दिएका सोही पार्टीका नेता जीवन बुढा पछाडि हटेका छन् । शुक्रबार उनले उमेदवारी फिर्ता लिएका हुन् । उनले शाहीलाई समर्थन गरेका छन् ।

०७० सालयता कालीकोटबाट शाही निर्वाचित हुँदै आएका छन् । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेकपाका तर्फबाट उनी पुनः प्रतिस्पर्धामा उत्रिएपश्चात् बुढाले स्वतन्त्र उमेदवारी दिएका थिए ।

शुक्रबार पार्टीका संयोजक पुष्पकमल दाहल ‘प्रचण्ड’ समेतको सहभागितामा जुम मिटिङ गरिएको थियो । र, विवाद टुंग्याइएको हो ।

बुढाले उमेदवारी फिर्ता लिनुअघि नेता शाहीसँग जनतामाझ नयाँ ढंगले जान केही प्रतिबद्धतामा समझदारी गरेका नेकपा कालीकोटले जनाएको छ ।