२७ जेष्ठ २०८३, बुधबार

युवा संघ दमकका सचिव कमल २४ घण्टा नबित्दै एमालेमा फर्किए

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक । एमालेनिकट युवा संघको दमक नगर कमिटी सचिव छाडेर बालेनलाई जिताउन भनी रास्वपामा गएका कमल गैरे २४ घन्टा नबित्दै एमालेमा नै फर्किएका छन् ।

कमलले सामाजिक सञ्जालमा केपी शर्मा ओलीसँगको तस्बिर सार्वजनिक गर्दै एमालेमा नै फर्किएको उद्घोष गरेका छन् ।

उनले विद्यार्थी जीवनदेखि आफू एमालेको जनसंगठन अनेरास्ववियु हुँदै राष्ट्रिय युवा सङ्घ दमक नगर कमिटीको सदस्य, उपसचिव सचिवको भूमिका निर्वाह गरी पार्टीको संगठित सदस्य रहेर लामो समयदेखि विभिन्न गतिविधिमा इमानदारीपूर्वक लाग्दै आएको बताएका छन् ।

केही व्यक्तिको दबाब र प्रभावमा परेको भन्दै उनले एमाले मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र रहेको उल्लेख गर्दै गैरेले आफू समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको पार्टीमै रहेकाले समग्र राष्ट्रको विकासको राष्ट्रनायक केपी ओली भएको जिताउन लाग्ने बताएका छन् ।