धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उम्मेदवारी दर्ताका दिन बालेनका समर्थक भनेर उतारिएका मान्छे स्थानीय नरहेका बताएका छन् ।
समाजिक सञ्जालमार्फत सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका साम्पाङले उक्त भीडमा दश प्रतिशत पनि स्थानीय नरहेका दावी गरेका हुन् ।
पूर्व भरिकै रास्वपाका कार्यकर्तालाई त्यो दिन झापा झारिएको उनको दावी छ ।
साम्पाङले लेखेका छन्, ‘पूर्व भरिकै सबै घण्टी हल्लाउनेहरु भेला भाका रैछन् दमकमा अस्ति ! स्थानीयहरु त १० प्रतिशत पनि थिएनछन् ! अनि हाम्लाई उल्टो हाँस्दिने ??? आफुले कुख्रा राखेर !!!,’।









प्रतिक्रिया