२४ असार २०८३, बुधबार

जेनजी आन्दोलनका घटनाको जाँचबुझ आयोगको म्याद थप्न प्रस्ताव

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठिन जाँचबुझ आयोगको म्याद थप्न प्रस्ताव गरिएको छ ।

गौरीबहादुर कार्कीको नेतृत्वमा तीन महिनाको समयसीमा दिएर आयोग गठन गरिएको थियो । मन्त्रिपरिषद्‌बाट कम्तीमा दुई साताका निम्ति दोस्रोपटक म्याद थप्ने तयारी छ ।

यसअघि आयोगको काम नसकिएपछि मन्त्रिपरिषद्को निर्णयबाट पुनः एक महिना म्याद थपिएको थियो । थपिएको उक्त म्याद भोलि सकिँदै छ ।