२९ जेष्ठ २०८३, शुक्रबार

राष्ट्रियता जोगाउनु मुख्य मुद्दा हो : महेश बस्नेत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले नेकपा एमाले र आफ्नो चुनावी मुख्य मुद्दा राष्ट्रियता जोगाउने भएको बताएका छन् । आज भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिँदै बस्नेतले यस्तो बताएका हुन् ।

‘फागुन २१ को चुनाव होला कि नहोला भन्ने आशङ्कामा दलहरू थिए । सरकारका गतिविधि र कांग्रेसको विवादले त्यो शंका थपिएको थियो’, बस्नेतले भने, ‘माघ ६ गतेसम्म आउँदा दर्ता प्रक्रिया भएको छ ।’

उनले एमाले सर्तकतापुर्वक निर्वाचनमा गएको भन्दै विगतमा एमालेले गरेका कामहरूलाई केन्द्रित भएर घोषणापत्र बनाउँदै मतदातासँग जाने बताए ।

उनले लोकतान्त्रिक व्यवस्था र बहुदलीय व्यवस्था जोगाउने कुरामा दृढताका साथ लाग्ने भन्दै भक्तपुरमा मित्रवत् प्रतिस्पर्धा हुने बताए ।