१८ असार २०८३, बिहिबार

भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

लगातार २ कार्यकाल महानगरको प्रमुख भएकी दाहालले उपप्रमुख चित्रसेन अधिकारीलाई सम्बोधन गर्दै राजिनामा दिएकी हुन् ।

आज नै उनले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उमेदवारी दर्ता गराउँदै छन् ।

राजीनामा दिनुअघि दाहालले महानगरको बोर्ड बैठक बोलाएर अहिलेसम्म सहयोग गर्ने सबैलाइ धन्यवाद दिएको सचिवालयले जनाएको छ ।