२७ असार २०८३, शनिबार

बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा । बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बाजुराको बडीमालिका नगरपालिका–१ पिनालेख बस्ने ४८ वर्षीय लालबहादुर कार्कीको रुखबाट लडेर मृत्यु भएको हो ।

बेलुकी रुखमा चढेर डाँले घाँस काट्ने क्रममा लडेर घाइते भएका कार्कीको उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याउँदा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले जानकारी दिए ।

घर नजिकैको रुखबाट डाँले घाँस भैंसीका लागि काट्न गएका कार्की रुखबाट लडेर गम्भीर घाइते भएपछि आफन्तले उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुर्‍याएका थिए ।

अस्पतालमा उपचार हुन नपाउँदै कार्कीको चिकित्सकले मृत्यु घोषणा गरेको थिए ।मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।