काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन् ।
उनको स्वकीय सचिवालयले देउवा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएको हो । ’पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु, स्वकीय सचिव भानु देउवाले भने । यो निर्णयसँगै उनको ३४ वर्षदेखिको अविरल संसदीय यात्रामा ‘ब्रेक’ लागेको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।डडेलधुराबाट निर्वाचन लड्दै आएका थिए । कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति भएसङ्गै उनैले उम्मेदवारका टिकटमा हस्ताक्षर गरेका छन् ।









प्रतिक्रिया