काठमाडौं । नेपाली कांग्रेसमा सभापतिसहित शीर्ष नेताको उमेदवारी अझै टुंगो लागेको छैन । रातभर भएको छलफलपछि पनि उमेदवारी टुंगो लाग्नसकेको छैन ।
केही क्षेत्र अझै पनि टुंगो लाग्न बाँकी छ । कांग्रेस महामन्त्री प्रदिप पौडेलले रातभर छलफलमा रहेको जानकारी दिँदै टुंगिने चरणमा रहेको बताए । तर सभापति गगन थापा, महामन्त्री पौडेललगायतका पदाधिकारी, पूर्वपदाधिकारी केहीको टिकट र निर्वाचन क्षेत्रसमेत टुंगो लाग्न सकेको छैन ।
यसैबीच देउवालाई टिकट दिने कि नदिने भन्ने विषयमा लामो छलफल भएको थियो । नवनिर्वाचित कार्यसमिति देउवालाई टिकट नदिने अडानमा रहेको थियो ।
नेता शेखर कोइरालाको पनि टिकट टुंगो लागेको छैन । उनी चुनाव लड्ने कि नलड्ने अझै निश्चित नभएको सचिवालयले जनाएको छ । स्वकिय सचिव दिनेश थपलियाले अहिलेसम्म केही छलफल नभएको बताउँदै उमेदवारको सूची हेरेपछि मात्रै निर्णय गर्ने जानकारी दिए ।















प्रतिक्रिया