४ श्रावण २०८३, सोमबार

रास्वपा नेतृ बिन्दबासिनीले भनिन्– बिनापैसा राजनीति हुँदैन भन्ने आज प्रमाणित भयो

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ बिन्दबासिनी कंसाकार बिनापैसा राजनीति हुँदैन भन्ने कुरा प्रमाणित भएको बताएकी छन् ।

मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको आगामी निर्वाचनमा उम्मेदवारी घोषणा गरेकी कंसाकारले पार्टीबाट टिकट नपाएपछि यस्तो टिप्पणी गरेकी हुन् । सोमबार राति फेसबुकमा लेख्दै पूर्वसांसद कंसाकारले भनेकी छन्– बिनापैसा राजनीति हुँदैन भन्ने आज प्रमाणित भयो ।

कंसाकारले लेखेको यो टिप्पणी उनले राति नै डिलिट गरेकी थिइन् ।

रास्वपाले मकवानपुर–१ मा प्रकाश गौतमलाई उम्मेदवार बनाएको छ ।