५ कार्तिक २०८३, बिहिबार

बागलुङमा नेकपा र जनमोर्चाबीच गठबन्धन

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ ।

दुई पार्टीबीच क्षेत्र नं १ मा जनमोर्चा र २ मा नेकपाको उम्मेदवार उठाउने सहमति भएको हो । बागलुङ १ मा राष्ट्रिय जनमोर्चाले कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ भने २ नम्बरमा नेकपाका ज्ञाननाथ गैरे उम्मेदवार बनेका हुन्।

नेकपाका केन्द्रीय कार्यालय सचिव गणेशमान पुन र जनमोर्चाका केन्द्रीय सचिव घनश्याम न्यौपानेले संयुक्त विज्ञप्ति प्रकाशित गरी तालमेलको सहमति भएको जनाएका छन्।

‘२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाग्लुङ जिल्लामा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टी बिचमा चुनावी तालमेल गर्न हामी दुई दलले सहमति गर्दछौँ। उक्त सहमति अनुसार बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चालाई नेपाली कम्युनिस्ट पार्टीले सहयोग र समर्थन गर्ने तथा सोही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीलाई राष्ट्रिय जनमोर्चाले सहयोग र समर्थन गर्ने सहमति गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘हामी दुवै पार्टीले गरेको निर्णय र सहमतिलाई हामीले इमान्दारितापूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौँ।’