बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल गृहजिल्ला रूपन्देही पुगेका छन् । रुपन्देही क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यको उमेदवारी मनोनयन दर्ताका लागि पौडेल बुटवल आएका हुन् । निर्वाचन आयोगले मंगलबार (माघ ६) उमेदवारी मनोनयनको समय निर्धारण गरेको छ ।
पौडेललाई स्वागत गर्न भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जिल्लाका एमाले नेता÷कार्यकर्ताको ठूलो भिड लागेको थियो । उनले रुपन्देही छोडेर पाल्पाबाट टिकट लिएपछि असन्तुष्ट एमालेजनले अल्टिमेटम दिएपछि रुपन्देही आएका थिए ।
पौडेल २०६४ देखि रुपन्देही–२ बाट लगातार चुनाव जित्दै आएका छन् । उनले २०६४, २०७०, २०७४ र २०७९ मा यही क्षेत्रबाट चुनाव जितेका थिए ।















प्रतिक्रिया