३० जेष्ठ २०८३, शनिबार

रुकुम पूर्वमा प्रचण्ड विरुद्ध एमालेका लिलामणि गौतम चुनावी मैदानमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेले रूकुम पूर्वमा निवर्तमान जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य लिलामणि गौतमलाई उम्मेदवार बनाउने भएको छ । गौतम पार्टीको महाधिवेशनमा ४० वर्ष कम उमेरबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य बनेपछि जिल्ला अध्यक्ष छाडेका हुन् ।

रूकुम पुर्वमा नेपाली कम्युनिस्ट पार्टीबाट संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् । नेपाली कांग्रेसबाट कुसुमदेवी थापा मगर र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जनयुद्धका शहीद पुत्र सन्दिप पुन उम्मेदवार छन् ।