२६ जेष्ठ २०८३, मंगलबार

आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैन् : प्रधानमन्त्री कार्की

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सन नहुने धारणा राखेकी छन् ।

सोमबार काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङलगायत विभिन्न संघसंस्थाद्वारा सोनाम लोछारको अवसरमा आयोजित तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले आफूले कष्ट सहेर पनि समाजको भलाईका लागि योगदान गर्ने नेपाली समाजको आधारभुत मुल्य राजनीतिक व्यवहारमा पनि लागू गर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्,‘आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्य नबिर्सने व्यक्तिगत स्वार्थभन्दा वृहत्तर हितलाई प्राथमिकता दिने संस्कार हाम्रो सामाजिक जीवनको अभिन्न अंग हो । आफूले केही कष्ट सहेर पनि समाजको भलाई का लागि योगदान गर्ने हाम्रो नेपालको समाजको आधारभुत मुल्य हो । यो मुल्य र संस्कृति हाम्रो राजनीतिक व्यवहारमा पनि वरण गर्न सक्नुपर्छ ।’

त्यस्तै उनले रौथाने ज्ञान ,सिप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको धारणा राखिन् ।

‘रौथाने ज्ञान सिप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक छ । सोनाम ल्होसार नेपालमा मात्र होइन विश्वमा पनि बसोवास गर्ने यस जातिले मनाउँछन् ,त्यसले गर्दा हाम्रो सांस्कृतिक पहिचानलाई विश्वमा पुर्याएको छ ।’

प्रधानमन्त्री कार्कीले नेपालको भाषा र संस्कृतिको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको जानकारी दिइन् ।