२० असार २०८३, शनिबार

सुनको मूल्यमा अर्को कीर्तिमान, तोलाको दुई लाख ८२ हजार

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ ।

आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ८२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

सुनको मूल्य एकैदिन तोलामा ४२ रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ७८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

महासंघका अनुसार, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले बढेको छ । योसँगै एक तोला चाँदी किन्न पाँच हजार ८१० रुपैयाँ तिर्नुपर्नेछ । आइतबार चाँदी प्रतितोला पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।