काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)ले आज प्रत्यक्षतर्फको उमेदवार टुंगो लगाउने भएको छ । केही उमेदवार टुंगो लगाइसके पनि बाँकी रहेका उमेदवारको नाम आजसम्म टुंगो लगाउने उनेपाले बताएको छ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् । उनेपा नेता जितराम लामाले कुलमान काठमाडौं–३ बाट र आफू भक्तपुर–२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने बताए । गोरखा–१ बाट रामकाजी राणा उठ्नेछन् ।
उनेपाले कर्णाली र सुदूरपश्चिमको सबै क्षेत्रमा उमेदवार टुंगो लगाइसकेको छ । मधेस प्रदेशमा सप्तरी–१ बाट हर्षनारायण चौधरी, श्रवण पासवान सिरहा ३, दीपक चौधरी सप्तरी २, ज्योत्सना सैंजु काभ्रे २, रामेश्वर श्रेष्ठ काठमाडौं–९ बाट उमेदवार बन्ने जनाइएको छ । धादिङ–१ बाट श्यामराजा पाण्डे उठ्ने नेता लामाले जानकारी दिए । बाँकी उमेदवारको आज निर्णय हुने उनले बताए ।









प्रतिक्रिया