काठमाडौं । पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह नेकपा (एमाले)मा प्रवेश गरेका छन् । पूर्वमन्त्री यादव जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् ।
पूर्वमन्त्री प्रदीप र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमानसँगै उनीहरु निकट अन्य नेता तथा कार्यकर्ताहरू पनि एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेको एमाले केन्द्रीय सदस्य विजयकुमार सरावगीले जानकारी दिए । उनका अनुसार प्रदीपलाई पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने तयारी पार्टीले गरेको छ ।









प्रतिक्रिया