काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका समानुपातिक तर्फका उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।
आयोगले ६३ दलका ३२ सय १३ उमेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।
बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने मतदाताले यही माघ ५ देखि १० गतेसम्म निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोधमा निर्देशिका बमोजिम निर्धारित ढाँचामा उजुरी गर्न सकिने आयोगले जानकारी दिएको छ ।









प्रतिक्रिया