६ असार २०८३, शनिबार

धरान जिरो पोइन्टमा बस दुर्घटना : ५ जनाको मृत्यु (अपडेट)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान । धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बस धरान–१३ को जिरो पोइन्टमा दुर्घटनामा पर्दा १८ महिने बालकसहित पाँच जनाको मृत्यु भएको छ। आइतबार दिउँसो बस अनियन्त्रित भई सडक छेउको संरचनामा ठोक्किँदा घटना भएको हो।

दुर्घटनामा परी विभिन्न स्थानका यात्रुले ज्यान गुमाएका छन् भने १३ जना गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बस कार्यालयको काम सकेर घुमफिरबाट फर्कँदै गर्दा इन्धन सकिएपछि नियन्त्रण गुमेको आशंका गरिएको छ। घटनाबारे थप छानबिन जारी रहेको प्रहरीले जनाएको छ।