काठमाडौं । सुनसरीको धरानमा बस ब्रेक फेल भएर दुर्घटना भएको छ ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको बसको ब्रेक फेल हुँदा घुम्तीमा रहेको घरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी र स्थानीय टोलीले अहिले उद्धार कार्य जारी राखेका छन् ।
यसैबीच, दुर्घटना घटनास्थलमा केहीको मृत्यु भइसकेको बताइएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया