३० असार २०८३, मंगलबार

‘जेनजी’ आन्दोलनपछि राष्ट्रिसभाको पहिलो बैठक, सात मिनेट बसेर स्थगित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘जेनजी’ आन्दोलनपछि आज पहिलोपटक राष्ट्रियसभाको बैठक बसेको छ । सिंहदरबारस्थित राष्ट्रियसभाका निम्ति तयार गरिएको हलमा बैठक बसेको हो ।

बैठक सात मिनेट बसेर स्थगन गरिएको छ । यस दिनको बैठकबाट राष्ट्रियसभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित गरिएको छ ।

शोक प्रस्ताव पारितसँगै आउँदो शुक्रबार बस्ने गरी बैठक स्थगन गरिएको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताए ।