१८ असार २०८३, बिहिबार

कथित ‘नागरिक सरकार’को लाजमर्दो ‘सुशासन’ विरुद्ध राष्ट्रिय युवा संघ नेपालको कडा आपत्ति

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सङ्गठित अपराध र सम्पत्ति सुदृढीकरण सम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ ।

संघका अध्यक्ष क्षितिज थेबेले सामाजिक संजालमा लेख्दै भनेका छन कि उक्त निर्णयलाई गैरकानूनी, अनैतिक र दण्डहिनतालाई प्रश्रय दिने कार्यको संज्ञा दिँदै सरकारलाई यस्तो कदम नचाल्न कडा चेतावनी दिएका छन् ।

संघका प्रबक्ता निरोज पौडेलका अनुसार फौजदारी कार्यविधि संहिता, २०७४ ले गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिन नमिल्ने स्पष्ट व्यवस्था गरेको स्मरण गराइएको छ । तर सोही मुद्दामा संलग्न अन्य ४४ जनाको अभियोजन यथावत राख्दै केवल रवि लामिछानेको मात्र मुद्दा फिर्ता लिनु नीतिगत भ्रष्टाचारको ज्वलन्त उदाहरण भएको संघको आरोप छ ।

“एउटै मुद्दामा संलग्न अन्य सबै अभियुक्तमाथि कारबाही जारी रहँदा एक व्यक्तिलाई मात्र उन्मुक्ति दिनु सरकारको नियतमाथि गम्भीर प्रश्न खडा गर्ने विषय हो,” पौडेलले भनेका छन् ।

संघले यस प्रकरणमा नागरिक समाज र हिजो यही विषयमा चर्को आवाज उठाउने चर्चित व्यक्तिहरूको मौनताप्रति समेत प्रश्न उठाएको छ । “यस अवस्थामा नागरिक समाजको आवाज किन बन्द छ? हिजो बोलेका व्यक्तिहरू आज किन मौन छन्?” थेबेले उल्लेख गरिएको छन ।

यसै सन्दर्भमा राष्ट्रिय युवा संघ नेपालले माघ ३ गते दिउँसो ३ बजे काठमाडौँको नयाँ बानेश्वरमा विरोध प्रदर्शन आयोजना गर्ने घोषणा गर्दै सहभागी हुन सबैलाई आह्वान गरेको छ ।