२५ असार २०८३, बिहिबार

गगन पक्षलाई आधिकारिकता दिनु लोकतन्त्र र विधिको शासनमाथि नांगो प्रहार : सचिव बस्नेत

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाल) का सचिव महेश बस्नेतले नेपाली काँग्रेसको आधिकारिकता गगन थापा पक्षले पाउनु विधिको शासनमाथिको नांगो प्रहार भएको बताएका छन् ।

आज निर्वाचन आयोगले थापा पक्षलाई काँग्रेसको आधिकारिकता दिएपछि सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका हुन् ।

नेपाली कांग्रेसको आधिकारिकता विभाजित गगन थापा पक्षलाई निर्वाचन आयोगले दिनु लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार भएको उनको भनाइ छ ।

सचिव बस्नेतले निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखिनु अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक विषय पनि उल्लेख गरेका छन् ।

यस्तो परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भई वैकल्पिक/पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य भएको उनको भनाइ छ ।