महोत्तरी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मधेश प्रदेशको आयोजनामा सञ्चालन गरिएको मेची–महाकाली विद्यार्थी जागरण यात्रा महोत्तरीको जनता बहुमुखी क्याम्पस, बर्दिबासको प्राङ्गणमा भव्य तथा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता अनेरास्ववियु मधेश प्रदेश संयोजक सतीशचन्द्र सिंहले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी रहेका थिए । कार्यक्रममा प्रमुख वक्ताका रूपमा एमाले केन्द्रीय कमिटी सदस्य तथा मधेश प्रदेश संयोजक लिलानाथ श्रेष्ठले विद्यार्थी आन्दोलन, शिक्षा क्षेत्रका समस्या र संगठन सुदृढीकरणको विषयमा धारणा विशेष अतिथि मधेश प्रदेसका पूर्वमुख्यमन्त्री मुख्यमन्त्री सरोजकुमार यादवले अनेरास्ववियुमा आफूले बिताएको उर्जाशिल समयको स्मरण गरेका थिए ।
प्रमुख अतिथि अध्यक्ष धामीले वर्तमान राजनीतिक अवस्था, शिक्षा नीति र विद्यार्थीको भूमिकाबारे धारणा राखेका थिए ।










प्रतिक्रिया