काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई ८ बुँदे प्रस्ताव पठाएको छ । प्रस्तावमा सभापति शेरबहादुर देउवालाई कार्यकारी भूमिकाबाट बाहिरिन आग्रह गरिएको छ ।
विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवार तय गर्नुपर्ने प्रस्ताव छन् । आज विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सो प्रस्ताव पठाइएको हो ।
आज बिहान ८ बुँदे पठाइएको वार्ता समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।








प्रतिक्रिया