काठमाडौं । सुनचाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेर आज २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि हिजो सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ३ सय १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी एक तोलाको ५ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।








प्रतिक्रिया