कपिलवस्तु । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमा बन्दुक देखाउँदै भिडियो पोस्ट गरी रवाफ देखाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कृष्णनगर नगरपालिका–१२ नरैनापुरका ४२ वर्षीय विनोदकुमार ओझालाई अवैध रूपमा राखिएको एकनाले भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
ओझाले आफ्नो टिकटक आइडीमार्फत भरुवा बन्दुक देखाउँदै भिडियो पोस्ट गरेपछि प्रहरीको ध्यानाकर्षण भएको थियो । सोही आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले ओझाको घरबाट अवैध बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार ओझाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ६ अन्तर्गत हातहतियार तथा खरखजाना कसूर सम्बन्धी मुद्दा दर्ता गरिएको छ । सोमबार अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया