२७ जेष्ठ २०८३, बुधबार

कांग्रेस विशेष महाधिवेशनमा उमेदवारी दर्ता आज

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उमदेवारी मनोनयन आज हुने भएको छ । मंगलबार स्थगित भएको उमेदवारी मनोनयन बिहान ८ देखि ९ बजेभित्र सुरु हुने निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिएका छन् ।

कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उमेदवारी दर्ता खुला गरिएको थियो । उमेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका आजका लागि सारिएको थियो ।

मनोनयनपत्र दर्ताका निम्ति यसअघि मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो । पछि मनोनयनपत्र बेलुका ५ बजेपछि दर्ता गरिने भनिएको थियो । त्यसपछि साँझ साढे ६ बजेका लागि सारिएको थियो ।

कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।