काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशनसम्म सभापति शेरबहादुर देउवाको जिम्मेवारी र भूमिकाबारे पार्टीभित्र देखिएको मतभेद अझै समाधान हुन सकेको छैन।
विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले देउवाको सक्रियता सीमित गर्नुपर्ने, एमालेसँग चुनावी सहकार्य नगर्ने र विशेष महाधिवेशनको स्वामित्व स्पष्ट रूपमा लिनुपर्ने प्रस्ताव अघि सारेका छन्। तर अन्तरिम अवधिमा सभापतिको स्थान के हुने भन्ने विषयमै सहमति नजुटेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।
संस्थापन समूह भने सभापतिका विषयमा तत्काल निर्णय गर्न इच्छुक देखिएको छैन। वार्ता जारी रहे पनि निष्कर्षमा पुगिनसकेको भन्दै नेताहरूले छलफल न टुंगिएको न त पूर्ण रूपमा विफल भएको बताएका छन्।
संस्थापन पक्ष एमालेसँग गठबन्धन नगर्ने विषयमा केही लचिलो देखिए पनि सभापतिको भूमिकाबारे निर्णय अझै बाँकी रहेको जनाइएको छ।








प्रतिक्रिया