२१ जेष्ठ २०८३, बिहिबार

गगन र विश्वप्रकाशले उद्घाटन गरे विशेष महाधिवेशन

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा आइतबार सुरु भएको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गरेर विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् ।

कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँका सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा विशेष महाधिवेशन उद्घाटन समारोह महामन्त्रीद्वय थापा र शर्मासँगै सहायक महामन्त्री फरमूल्लाह मंसुर उपस्थित भएका छन् ।

त्यस्तै, कांग्रेसका नेताहरू चन्द्र भण्डारी, तारानाथ रानाभाट, गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, महेश आचार्य, ओमकारप्रसाद श्रेष्ठ, चन्द्र भण्डारीलगायतको उपस्थित रहेको छ । विभिन्न जिल्लाका सभापति पनि सहभागी भएका छन् ।

विशेष महाधिवेशनमा कांग्रेस सपभाति शेरबहादुर देउवालगायत संस्थापन पक्षका नेता भने सहभागी भएका छैनन् ।