११ असार २०८३, बिहिबार

रविको जालो माकुरा जालो जस्तै, कुलमानपछि अब भोलि बालेन फस्छन् : महेश बस्नेत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले भोलि बालेन शाह पनि रवि लामिछानेको जालोमा फस्ने बताएका छन् ।

आज कुलमान घिसिङ रविको जालोमा फसेका टिप्पणी गर्दै उनले भोलि बालेन पनि फस्ने बताएका हुन् । उनले लेखेका छन्, रविको जालो माकुराको जालोजस्तै, चरा उम्किन्छ, पुतली फस्छ। आज कुलमान, भोलि बालेन !

उनले एमाले र नेपाली कांग्रेसजस्ता पुराना दलहरूलाई चराको संज्ञा दिँदै उनीहरूले यस्ता जालो तोड्न सक्ने तागत राख्ने तर कुलमान घिसिङ र बालेन शाह जस्ता पात्रहरू पुतली जस्तै भएको धारणा राखे ।