२६ जेष्ठ २०८३, मंगलबार

संघर्ष समितिद्वारा निर्वाचन बहिस्कार सम्बन्धी पहिलो चरणको कार्यक्रम घोषणा

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केन्द्रीय संयुक्त संघर्ष समितिले फागुन २१ गते तोकिएको निर्वाचन बहिस्कारसम्बन्धी पहिलो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच समितिले पौष २६ गतेदेखि माघ ५ गतेसम्मको पहिलो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

यस्तो छ पहिलो चरणको कार्यक्रम
–पौष २६ र २७ प्रचार प्रसार/ पर्चा वितरण

–पौष २८ गते देशब्यापी मशाल जुलुस

– पौष २९ गते उपत्यका बन्द

– माघ २ गते इटहरी, जनकपुर, सिमरा, चितवन, पोखरा, बुटवल, बाङ, नेपालगन्ज र धनगढीमा निर्वाचनको औचित्यहीनताबारे अन्तरक्रिया गोष्ठी

–माघ ५ गते देशव्यापी विरोध प्रदर्शन

स्वाधीन संयुक्त जनसरकार र जनसविधानको निम्ति देशव्यापी मान्दोलन अघि बढाउन क्रन्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा (जनपक्ष) नेकपा र समाजवादी कम्युनिस्ट पार्टी, नेपाल सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समिति गठन गरिएको हो ।

सीपी गजुरेलको संयोजकत्वमा गठित केन्द्रीय संयुक्त सघर्ष समितिमा रामसिंह श्रीस, शारदा महत, धर्मेन्द्र बास्तोला, दीपक चलाउने, रूपा मुढा, आहुति, राजेश्वरी सुबेदी, रुपा सुनार, महिन्द्र मल्ल, दिनेश बर्तौला, इन्दिरा अधिकारी, ऋषि कट्टेल, खेमनारायण ढुङ्गाना, शशी घिमिरे, समरजंग र समिर सिंह रहेका छन् ।

कार्यक्रममा संयोजक गजुरेलले देशका ७७ जिल्लामा पनि जिल्ला सयुक्त संघर्ष समिति गठन गरी संघर्षको कार्यकस अघि बढाइने जानकारी दिए ।