२ श्रावण २०८३, शनिबार

जाजरकोटमा गाडी दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट । जाजरकोटमा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

छेडागाड नगरपालिका-९ पजारुबाट थलहका लागि छुटेको कर्णाली प्रदेश ०२-००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो छेडागाड नगरपालिका-८ मा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा छेडागाड नगरपालिका–९ पजारुकी ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारी रहेका छन् ।

दुर्घटनामा बोलेरो चालक छेडागाड नगरपालिका-९ का २४ वर्षीय कृष्ण अधिकारी, छेडागाड नगरपालिका-८ की २० वर्षीया लक्ष्मी खत्री, छेडागाड नगरपालिका-९ का अन्दाजी ३९ वर्षीय वीरबहादुर अधिकारी र दैलेखको नौमुले गाउँपालिका-६ की २३ वर्षीया सितला रावत घाइते भएका छन्।