१९ असार २०८३, शुक्रबार

एमालेको युवा परिचालन संयोजकमा क्षितिज थेबे

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेले युवा संघका अध्यक्ष क्षितिज थेबेलाई युवा परिचालनको संयोजक तोकेको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले थेबेलाई संयोजक तोक्ने निर्णय गरेको हो ।

आसन्न निर्वाचनमा युवाको भूमिका निर्णायक हुने भएकाले उनीहरूलाई योजनाबद्ध, एकताबद्ध र परिणाममुखी ढंगले परिचालन गर्न उनलाई संयोजक तोकिएको जनाइएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा थेबे ताप्लेजुङबाट उम्मेदवार सिफारिस पनि भएका छन् । युवा परिचालनको जिम्मेवारी पाएका थेबेले युवालाई राष्ट्र निर्माण, लोकतन्त्रको सुदृढीकरण र राजनीतिक स्थायित्वका पक्षमा एकताबद्ध गरिने प्रतिक्रिया दिए ।

त्यस्तै, एमालेले निर्वाचन परिचालनको रुपमा रामबहादुर थापा बादललाई संयोजक तोकेको छ ।