काठमाडौं । नेकपा (एमाले) ले सातै प्रदेशमा संगठन तथा निर्वाचनसम्बन्धी गतिविधि समन्वय गर्न नेताहरूलाई जिम्मेवारी तोकेको छ।
पार्टी सचिवालयको बैठकले कोशी प्रदेशको समन्वय शेरधन राईलाई सुम्पिएको छ भने मधेस प्रदेशको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिइएको छ। बागमती प्रदेशको संयोजन महेश बस्नेतले गर्ने निर्णय भएको छ।
त्यसैगरी नवगठित प्रदेश राजधानी प्रदेशको समन्वय राजन भट्टराईलाई प्रदान गरिएको छ। गण्डकी प्रदेशको जिम्मा खगराज अधिकारीलाई दिइँदा कर्णाली प्रदेशको संयोजन यामलाल कँडेलले सम्हाल्नेछन्। लुम्बिनीको संयोजकमा सचिव पद्मा अर्याललाई जिम्मा दिएको छ ।
सुदूरपश्चिम प्रदेशको संयोजन गणेश ठगुन्नालाई तोकिएको छ भने पार्टी संगठन विभागको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ।








प्रतिक्रिया