१९ असार २०८३, शुक्रबार

वीरगञ्जमा कर्फ्यु थपियो

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज । वीरगञ्जमा कर्फ्यु थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुरक्षा अवस्था अझै सामान्य हुन नसकेको भन्दै कर्फ्यु अवधि बढाएको हो । मंगलबार दिउँसो एक सूचना जारी गर्दै प्रशासनले आज बेलुका ६ बजेसम्म कर्फ्यु रहने जानकारी गराएको छ ।

आज दिउँसो १ बजेसम्मका लागि लागु गरिएको कर्फ्यु अवधि बेलुका ६ बजेसम्म निरन्तरता दिइएको हो ।

कर्फ्यु अवधिभर तोकिएका क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक लगायत कुनै पनि किसिमका गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ ।