६ कार्तिक २०८३, शुक्रबार

निर्वाचन टार्ने र संसद् रोक्ने बाह्य चलखेल सक्रिय : केपी शर्मा ओली

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको भन्दै निर्वाचन सार्ने र प्रतिनिधि सभा पुनर्स्थापना हुन नदिने प्रयास भइरहेको बताएका छन्।

च्यासलमा बसेको सचिवालय बैठकमा उनले एमाले–कांग्रेस नजिकिँदै गएपछि सरकार र केही बाह्य शक्तिहरू असहज बनेको दाबी गरे। उनका अनुसार अदालतमा समेत दबाब सिर्जना गर्ने गतिविधि बढ्दै गएको छ, जसले लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिएको छ।

राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि हस्तक्षेप खुला रूपमा देखिन थालेको उल्लेख गर्दै ओलीले पार्टीलाई थप सशक्त आन्दोलनमा जान निर्देशन दिएका छन्।

उनले युवालाई केन्द्रमा राखेर टोल–टोलमा संगठन विस्तार गर्दै आन्दोलन र निर्वाचन तयारी एकसाथ अघि बढाउनुपर्ने बताए।