बुटवल । बुटवलको रामनगर क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी सहायक हवल्दारको सवारी दुर्घटनामा ज्यान गएको छ।
सोमबार साँझ करिब ४ बजे बुटवलतर्फ आइरहेको कारले ड्युटीमा रहेका सहायक हवल्दार नागेश्वर पाललाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका पाललाई लुम्बिनी प्रादेशिक अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ। घटना सम्बन्धमा थप विवरण संकलन भइरहेको जनाइएको छ।








प्रतिक्रिया