२१ असार २०८३, आइतबार

प्युठानबाट एमालेका सूर्य थापा एकल सिफारिस

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान । एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि नेकपा एमालेले सूर्य थापाको नाम एकल सिफारिस गरेको छ ।

उनी यसअघि ०७९को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । आज बसेको एमाले बैठकले उनको एकल नाम सिफारिस गरेको हो ।

थापाले कांग्रेस–माओवादीसहितको तत्कालीन ५ दलको सत्ता गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरसहित जितेका थिए ।