२१ असार २०८३, आइतबार

कोशीमा सरकार पुनर्गठनको तयारी

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । कोशी प्रदेशमा सत्ता साझेदार दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले केही दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठनकव तयारी थालेका हुन् ।

नेपाली कांग्रेसका सांसद भीम पराजुलीले पनि सरकार पुनर्गठन अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार १–२ दिनभित्रै सरकार पुनर्गठन हुने र नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुने सम्भावना छ ।

नेकपा एमालेबाट मन्त्री बन्ने आकांक्षीहरूको सूचीमा ६ जनाको नाम छ, जसमध्ये चार जना मन्त्री बन्नेछन् ।

एमालेका अनुसार बिदुर लिङ्थेप, चिन्तन पाठक निरन राई, इन्द्रमणि पराजुली, उमाकान्त गौतम र रामप्रसाद मेहतामध्ये ४ जना मन्त्री बन्नेछन् ।

नेपाली कांग्रेसको तर्फबाट चार जनाको नाम मन्त्रीका लागि लगभग निश्चित भएको छ । कांग्रेसबाट मानबहादुर लिम्बू, भीम पराजुली, इसराइल मन्सुरी, प्रदिप सुनुवार मन्त्री बन्नेछन् ।