६ कार्तिक २०८३, शुक्रबार

गुण्डु पुगेर अध्यक्ष ओलीसँग काँग्रेसका खड्का र लेखकले गरे छलफल

राष्ट्रियसभा निर्वाचनका लागि तीन दल मिल्ने समझदारी

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खडका र रमेश लेखकले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

अध्यक्ष ओलीसँग भेटवार्ताका लागि खड्का र लेखक ओली निवास गुण्डु नै पुगेका थिए । भेटमा समासामायिक साथै निर्वाचन लगायतका विषयमा छलफल भएको बताइएको छ ।

भेटमा राष्ट्रिय सभामा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच तालमेल गर्ने समझदारी भएको छ। सिट बाँडफाँडबारे पनि लगभग कुरा मिलिसकेको बताइएको छ ।

जसमा कांग्रेसले ७ सिट, एमालेले ६ सिट, नेकपाले ४ सिट र उपेन्द्र यादव नेतृत्वको जसपाले १ सिट पाउने समझदारी बनेको छ।