६ कार्तिक २०८३, शुक्रबार

जनकपुरधामका विद्यालयहरु थप ३ दिन बन्द

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । जनकपुरधामका सम्पूर्ण सबै सामुदायिक विद्यालयहरु थप ३ दिनका लागि बन्द गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले आज एक सुचना जारी गर्दै पुस २२ गत्तेसम्मका लागि विद्यालयहरु बन्द रह्ने जानकारी गराएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंबाट अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन सूचना जारी भएअनुसार बाक्लो हुस्सु तथा सितलहरका कारण बालकालिकाको स्वास्थ्यमा नाकारात्मक असर पर्ने हुँदा विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको सुचनामा उल्लेख रहेको छ ।

उक्त विदा जाडो बिदाबाट कट्टा पनि सुचित गरिएको छ । विगत १ हप्तादेखि जनकपुरधामसहित धनुषाभर चिसो बढेर घर बाहिर निस्कन समेत गाह्रो भएको छ ।